June 8, 2023, Thursday
२०८० जेष्ठ २५, बिहीबार
लेखसँग्रहिको उच्च डाँडाका वस्तीहरुमा लिफ्ट सिस्टमद्वारा खानेपानी सञ्चालन

लेखसँग्रहिको उच्च डाँडाका वस्तीहरुमा लिफ्ट सिस्टमद्वारा खानेपानी सञ्चालन

दुर्गा विसि – जेठ ५, सल्यान ।

खानेपानी अभावमै धमाधम वस्ति सर्न थालेपछि सल्यानकाे बनगाड कुपिण्डे नगरपालिकाकाे वडा ७ मा अब भने याे समस्या हटेको छ । साे वडा पुर्व प्रदेश संसद गुलाव जंग शाहकाे जन्म स्थान हाे ।

मैदु, पाखापानि, घाँजरी, लेखसँग्रही, दारिम चौर लगाएतका करिव ४ सय घरधुरीकाे लागि एक घर एक धाराकाे प्रावधान अनुसार आव २०७७ मा पुर्व माननीय शाहीको जाेडवलमा खानेपानी आयोजनाकाे लागि वजेट प्रदेश सरकारबाट वजेट विनियोजन भएको थियोे ।

जेष्ठ ४ गते विहिवार देखि परिक्षणका रुपमा टाेलटाेलमा अस्थाई खानेपानी सञ्चालन गरिएको छ । काम अझै धेरै बाँकी छ, खानेपानी निकै समस्या भए पछि अस्थायी रुपमा गाउँहरुमा खानेपानी सञ्चालन गरेको उपभोक्ता समितिका अध्यक्ष पहल सिंह खत्रीको भनाइ रहेको छ ।

हालसम्म टंयाकी, वत्ति, माेटर, मुख्य पाइपलाइन गरि २ करोड ६३ लाख खर्च भैसकेको भनाइ रहेको छ । याे काम खानेपानी सिचाइ तथा उर्जा विकास कार्यालयले सल्यानले हेरिरहेको छ । खानेपानीकै अभावमा धमाधम वस्ति नै वेसितिर सर्ने संख्या भने अब पानीको निराकरणसँगै कम हुने देखिएको छ ।समुन्द्र सतह देखि ९ सय ३६ मिटरकाे उचाइ पेदिखाेला मुहानबाट १५ सय ६६ मिटरको उचाइ लेखसँग्रहीका वस्तिहरुमा खानेपानी पुग्ने भएको छ ।

नगरकाे याे वडाका नागरिक पनि खानेपानीकाे उच्च चरम संकट व्यहाेरिरहेकाे र विगतमा खानेपानीकै लागि निकै सास्ती खेपिरहेकाे वडामा पर्दछ । दुई वर्ष अघि साेहि क्षेत्रमा विद्युतिकरण समेत पुगिसकेकाे छ ।

विद्युतिकरण पछि पुर्व संसद शाहले खानेपानी चरम संकट झेलिरहेका जन्म स्थानका नागरिककाे खानेपानीकाे पुस्त्यानि समस्या टारिदिए । खानेपानी अभामै त्यहाँका नागरिक वेसितिर वसाइ सर्ने क्रम राेकिने आसा लिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज