July 15, 2024, Monday
२०८१ असार ३२, सोमबार
पहिरो पीडित सल्यान कपुरकोटका १४ घरपरिवारलाई नेकपा एमाले सल्यानले गर्यो राहत वितरण

पहिरो पीडित सल्यान कपुरकोटका १४ घरपरिवारलाई नेकपा एमाले सल्यानले गर्यो राहत वितरण

असोज २७, सल्यान ।

गत असोज २१ गते अविरल वर्षापछि आएको पहिरोले विस्थापित तथा पीडित सल्यानको कपुरकोट गाउँपालिका ५ सलामका परिवारलाई नेकपा एमाले सल्यानले राहत स्वरुप रकम हस्तान्तरण गरेको छ ।

पहिरोबाट पीडित १४ घरपरिवारलाई एमाले सल्यानलेले नगद एक लाख १४ हजार ५ सय रुपैेयाँ हस्तान्तरण गरेको छ ।

विहिबार पिडितहरुलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेशसभा निर्वाचनका लागि सल्यान (ख) बाट एमालेका उम्मेदवार गुलावजंग शाहले राहत रकम हस्तान्तरण गरेका थिए ।

घरबास र जमिन पूर्ण रुपमा नष्ट भएका २ परिवारलाई नगद २३ हजार २५० रुपैयाँका दरले अन्य ४ घर पहिरो पिडितलाई प्रतिपरिवार ९ हजार र पहिरोका कारण उच्च जोखिममा परेका ८ परिवारलाई प्रतिपरिवार ४ हजारका दरले रकम हस्तान्तरण गरिएको नेकपा एमाले कपुरकोट गाउँपालिका अध्यक्ष दोर्ण केसिले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज