April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
कोरोनाको लकडाउन कालमा प्रदेश सरकारले पठाएको राहत सामाग्री एघार महिनापछी वितरण

कोरोनाको लकडाउन कालमा प्रदेश सरकारले पठाएको राहत सामाग्री एघार महिनापछी वितरण

महेश सिंह / चैत्र १५ लहान । सिरहाको कल्याणपुर गाउँपालिका ६ भोक्राहामा प्रदेश सरकारले कोरोना कालमा पठाएको राहत सामाग्री एघार महिना पछि वितरण गरिएको छ । कोरोनाको समयमा प्रदेश सरकारले पठाएको राहत सामाग्री वितरणमा बिवाद भएपछि ११ महिना देखि राहत सामाग्री रोकिएको वडा अध्यक्ष मोतिबुल राईनले बताए ।

स्थानीय राजनितिक बिबाद र खिचातानीका कारण घरेलु तथा साना उद्योग कार्यालय मार्फत करिब ११ महिना आगाडी पठाएको राहत बितरण हुन सकेको थिएन । उक्त राहत समाग्री (चैत ११) बुधबार स्थानिय राजनितिक दलका प्रतिनिधि ,वडा सदस्य समाजका बुद्धिजिबि भद्रभलादमिको रोहबरमा वितरण गरेको हो । राहतको विषय लिएर बिगत ११ दिन देखि बिवाद चल्दै आएका थियो ।

बिवाद सुल्झाउन विभिन्न दलका प्रतिनिधिको सर्बद्लिय बैठक बसेको थियो। उक्त बैठक बाट निर्णय भई राहत वितरण गरेका वडाका अध्यक्ष राईन ले बताए । वडाका दलित र बिपन्न परिवार पहिचान गरी ५८ घर धुरीलाई राहत दिईएका छ ।

सरकारले घरेलु तथा साना उद्योग कार्यालयमार्फत दोस्रो चरणको राहत वितरण गर्न सीधै वडा कार्यालयलाई जिम्मा दिने निर्णय गरेको थियो। महामारीबाट प्रभावित अतिविपन्न र मजदुरका लागि सरकारले गत जेठमा दोस्रो चरणको राहत कार्यक्रम घोषणा गरेको थियो ।

प्रदेश-२ सरकारले घरेलु तथा साना उधोगको कार्यालय लहान सिरहाबाट उक्त राहत पठाएको थियोे । राहत सामग्रीमा १ बोरा चामल, १ पाकेट खाने तेल, १ किलो नुन, २ सय ग्राम स्वयाविन र १ पिस हात धुने साबुन लगायतका सामग्रीहरु हस्तान्तरण गरेको वडा न ६ वडा अध्यक्ष मोतिबुल राईनले बताएको छ ।

लकडाउन बाट प्रभावित भएका गरिब तथा बिपन्न परिवारलाई लक्षित गरि वितरण गरिएको राहत लकडाउन अन्त्री भएको ६ महिना र लकडाउन घोषण भएको ११ महिना पछी वितरण गरिएको हो ।