July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
दाङमा स्कारपियो र अटो आपसमा ठोक्किँदा सल्यानकी एक युवती सहित २ घाइते

दाङमा स्कारपियो र अटो आपसमा ठोक्किँदा सल्यानकी एक युवती सहित २ घाइते

बैशाख १७, सल्यान ।

दाङको तुलसीपुरमा स्कारपियो र अटो आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन ।

घाइते हुनेमा अटोमा सवार तुलसीपुर १९ संग्राम निवासी २४ वर्षीय सृजना खड्का, सोही ठाउका पुनराज खड्काका ६ महिने छोरा सुप्रिन खड्का र सल्यानको त्रिवेणी गाउँपालिका ६ लुहाम निवासी २१ वर्षीय विमला रावत रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

दुधरासबाट संग्राम तर्फ जादै गरेको बा १३ च ४०१६ नम्बरको स्कारपियो र विपरित दिशाबाट आँउदै गरेको रा १ ह ४१४६ नम्बरको अटो दुधरास नजिकै ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र दुबै सवारी साधन सहित चालकलाई नियन्त्रण लिएर घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज