July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
एमाले सल्यानले गर्याे मिसन ग्रासरुटको जिल्लास्तरीय समिक्षा

एमाले सल्यानले गर्याे मिसन ग्रासरुटको जिल्लास्तरीय समिक्षा

चैत्र २९, सल्यान । नेकपा एमालेको जिल्ला कमिटी समीक्षा बैठकमा मिसन ग्रासरुटको प्रतिवेदन प्रस्तुत भएको छ ।

विहिवार सदरमुकाम खलंगामा सम्पन्न बैठकमा जिल्लाका दशवटै पालिकामा संचालन भएको मिसन ग्रासरुट अभियानको प्रतिवेदन प्रस्तुत गरिएको एमाले सल्यानका सचिव ओज बजादुर बुढाथोकीले जानकारी दिए । पालिकामा खटिएका केन्द्रीय प्रतिनिधि तथा पालिका कमिटी अध्यक्षहरुले आआफ्नो स्थानिय तहको प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदनमा पार्टीका संगठित सदस्यहरु, नविकरण गर्ने, नगर्नेको विवरण, नयाँ सदस्यताको लागि आवेदन दिनेहरुको संख्या तथा पार्टीको अवस्था बारे विभिन्न विवरण हरु समेटिएको जिल्ला कमिटी सचिव बुढाथोकीले बताए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटव्युुरो सदस्य मोहन बानियाँले मिसन ग्रासरुट अहिले सम्मकै वस्तुनिष्ठ र प्रभावकारी भएको बताए । पार्टीलाई जरा देखी नै बलियो बनाउनुपर्नेमा जोड दिदै उनले इमान्दारपूर्वक पार्टी संगठनको काममा लाग्न निर्देशन दिए ।

यस्तै एमाले केन्द्रीय प्रतिनिधीहरु बदमी क्वारी वोहरा, चुडामणी शर्मा, राम प्रसाद बराल, प्रदेश कमीटी सदस्यहरु कुल बहादुर गिरी, जित बहादुर चलाउने, महेश देवकोटा लगाएतले मन्तव्य राख्दै एमालेप्रतिको जनलहर उत्साहपूर्ण रहेको भन्दै पार्टीलाइ बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताएका थिए ।

मिसन ग्रासरुटले चुनौतीहरू सामना गर्न र नवीन विचार दिन सक्ने नेता कार्यकर्ता उत्पादन गर्न ग्रासरुटले महत्वपूर्ण टेवा पुर्याएको एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनले बताए ।

एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेन र उपसचिव दान बहादुर केसीले एमालेको देशव्यपी अभियानबाट प्राप्त उपलब्धीहरुलाई संगाल्दै बलियो जनधरातल रहेको एमालेका हरेक गतिविधिलाई निरन्तर सञ्चालन गरिने बताए ।