August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
सल्यान हिरासत कक्षका एक थुनुवा द्वारा घाँटी रेटि आत्महत्याको प्रयास

सल्यान हिरासत कक्षका एक थुनुवा द्वारा घाँटी रेटि आत्महत्याको प्रयास

 

फागुन २८, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा एक जना थुनुवाले आत्महत्याको प्रयास गरि घाइते भएका छन ।

आइतबार बिहान करिब ८:३० बजेको समयमा जिल्लाको बनगाड कुपिण्डे नगरपालिका १२ घर भएका ३४ बर्षीय एक पुरुषले घाँटी रेटि आत्महत्याको प्रयास गरेका हुन ।

उनले हिरासत कक्ष भित्रै बलाङकेट ओढेर आफ्नो घाँटिमा आफुले लुकाइ राखेको बिलेड (पत्ती) प्रयोग गरी आफैले घाँटि काटि घाइते भएका हुन । नास्ता खान उठाउन खोज्दा उनलाइ घाइते अवस्थामा फेला पारिएको थियो ।

उनी फागुन २५ गते पक्राउ गरी २६ गते दिन ५ म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा हाडनातामा जबरजस्ती करणी मुद्दाको सजाय भोग्दै आएका थिए ।

घाईते अवस्थामा रहेका उनलाइ उपचारको लागी जिल्ला अस्पताल सल्यान लिईएकोमा थप उपचारको लागि प्रादेशिक अस्पताल कालागाउ सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।