सल्यानको छत्रेश्वरी ३ मा एक महिला माथी धारिलो हतियार प्रहार
फागुन ०७, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका ३ मा एक महिलाको धारिलो हतियार प्रहारबाट अर्कि महिला घाइते भएकी छिन ।
गाउँपालिकाको वडा न. ३ मुलखोला निवासी ३१ बर्षिय दुर्गा वलिले सोही ठाउँ बस्ने ३७ बर्षीय दुर्गी खड्कालाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
सनिवार दिउँसो १२ बजेको समयमा एक आपसमा सामान्य बादबिवाद हुँदा ओलिले खड्काको टाउकाको बाँया साईड र बाँया कानमा धारिलो बस्तुले प्रहार गरी घाईते बनाएकि थिइन ।
घाइतेको उपचारको लागि श्रीनगर स्थित परोपकार अस्पतालमा ल्याएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागी नेपालगंज बाँके तर्फ रिफर भइ नेपालगंज नर्सिङ होममा उपचार भैरहेको बताइएको छ ।
कुटपिट गर्ने दुर्गा ओलीलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।
प्रतिकृया दिनुहोस्