September 20, 2024, Friday
२०८१ आश्विन ४, शुक्रबार
समाजवादमा पुग्न पुजीवादीलाई जित्नुपर्छ : एमाले सचिव भट्टराई

समाजवादमा पुग्न पुजीवादीलाई जित्नुपर्छ : एमाले सचिव भट्टराई

 

फागुन २७, सल्यान । नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्राइले वहुलवाद आफुहरुको प्रतिवद्धता भएको बताएका छन् ।

मिसन ग्रासरुट (पार्टी सुदृढिकरण तथा विस्तार अभियान) अन्तर्गत शनिबार सल्यान सदरमुखम खलंगामा आयोजित जिल्लास्तरिय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले नेकपा एमालेको नीतिले मात्रै समाजवादमा पुग्न सकिने धारणा राखे । पूर्व पर्यटनमन्त्री समेत रहेका भट्राइले माओवादी तिब्र गतिमा ओरालो लागिरहेको बताए ।

अव प्रचण्डले पाँच वर्ष नै सरकारको नेतृत्व गरे पनि माओवादी पार्टी उकालो लाग्ने कुनै आधार नरहेको उनको भनाई छ । ‘अहिले पुजीवादी वर्ग र श्रमजीवी वर्गको मुख्य प्रतिष्पर्धा छ । समाजवादी पार्टी र पुजीवादी पार्टीको प्रतिष्पर्धा छ,’ सचिव भट्राइले भने, ‘काग्रेसलाई तह नलगाएसम्म समाजवादमा पुग्न सकिदैन । उसले तल्लो वर्ग र मध्यम वर्गको हितमा काम गर्दैन,त्यस अनुसारको नीति ल्याउँदैन ।’ माओवादीले काग्रेसलाई पछार्न नसक्ने भन्दै उनले एमालेलाई नै बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

पार्टीको मिसन ग्रासरुटलाई वस्तीस्तरसम्म प्रभावकारी ढंगले सञ्चालनगर्न निर्देशन दिदै केन्द्रीय सचिव भट्राइले यस अभियानले पार्टी कमिटीलाई चलायमानबनाउन र कार्यकर्तामा उत्साह सृजना गर्न राम्रो भुमिका खेलिरहेको बताए ।

एमाले सल्यानका अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटव्युरो सदस्यहरु मोहन वानीया, गुलावजंग शाह लगाएतले पनि मन्तव्य राखेको जिल्ला कमिटी सचिवालय सदस्य दिपेन्द्र प्रकाश डिसीले जानकारी दिए । पार्टीका जिल्ला उपाध्यक्ष भिम बहादुर सेनको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओज बहादुर बुढाथोकीले गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज