May 27, 2024, Monday
२०८१ जेष्ठ १५, मंगलवार
जनताले भाेग्नु परेका स्थानीय समस्याहरु समेटेर नेकपा सल्यानले बुझायो १० पालिकामा ज्ञापनपत्र

जनताले भाेग्नु परेका स्थानीय समस्याहरु समेटेर नेकपा सल्यानले बुझायो १० पालिकामा ज्ञापनपत्र

 

फागुन २५, सल्यान । नेपाल कम्युनिस्ट पार्टी सल्यानले जिल्लाका १० वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ ।

सल्यानमा रहेका ३ वटा नगरपालिका र ७ वटा गाउँपालिकामा बिहिवार पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको हाे । पार्टीको केन्द्रीय याेजना अनुसार जनताले भाेग्नु परेका स्थानीय समस्याहरु समेटेर हरेक पालिकामा पार्टीले ज्ञापनपत्र बुझाएको पार्टीका केन्द्रीय प्रतिनिधि तथा उत्तर सल्यान जिल्ला इन्चार्ज कमरेड भीम सीले बताउनु भयो ।

पार्टीको उत्तर जिल्लापट्टी कमरेड भीम सी र जिल्ला सचिव कमरेड मदन सीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो भने दक्षिण जिल्लापट्टी पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज कमरेड अनिल सी र जिल्ला सचिव कमरेड वीर बहादुर सीकाे नेतृत्वमा ज्ञापनपत्र बुझाइएको नेकपा सल्यानले जानकारी दियाे ।

‘जनताका स्थानीय समस्याहरुलाई समेटेर ज्ञापनपत्र बुझाउने काम भएको छ । ज्ञापनपत्रमा समावेश भएका बिषयहरु समयमा सम्बाेधन भएनन् भने जनतालाई साथमा लिएर आन्दोलन गर्ने हाे ।’ जिल्ला इन्चार्ज कमरेड भीम सीले बताउनु भयाे ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज