सल्यानमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु
फागुन १५, सल्यान । सल्यानमा जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति सल्यानकाे आयोजनामा बागचाैर नगरपालिका २ को जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा सोमबार एक कार्यक्रमका बीच प्रतियोगिता शुरु भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा ने.क.पा. माओवादी केन्द्रका केन्द्रीय समिति उपाध्यक्ष एवम् पुर्व सभामुख कृष्ण बहादुर महरा, सल्यान जिल्ला प्रतिनिधिसभा सदस्य माननीय प्रकाश ज्वाला, कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, सल्यान प्रदेश सभा ख का माननीय सांसद सुरेश अधिकारी, जिल्लाका १० वटै पालीकाका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, खेलाडी, शिक्षक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी, पत्रकार लगाएत जिल्ला वासीहरुकाे सहभागी रहेको थियो ।
शिल्डमा सल्यानका १० पालिकाबाट पालिका स्तरीय रास्ट्रपति रनिङ शिल्डबाट छ्नोट भएका खेलाडीहरु बिच प्रतिस्पर्धा रहनेछ । प्रतियोगिताबाट प्रदेश स्तरिय प्रतियोगिताकालागि खेलाडी छनोट गरिने छ ।
प्रतियोगितामा छात्र–छात्रा तर्फ एथलेटिक्स, भलिबल, कव्वडी, कराते, तेक्वान्दो र उसु खेलमा प्रतिष्पर्धा हुने भएको छ ।
प्रतियोगिता फाल्गुन १८ गते सम्म संचालन हुनेछ ।
तस्बिर : बागचौर नगरपालिकाको सचिवालय
प्रतिकृया दिनुहोस्