कर्णाली प्रदेश सरकारले अग्नि नियन्त्रकमा भर्ना खोल्यो : सल्यानबाट कति ?
फागुन १२, सल्यान । कर्णाली प्रदेश उद्योग, पर्यटन बन तथा वातावरण प्रदेश वन निर्देशनालय विरेन्द्रनगर सुर्खेतले अग्नि नियन्त्रकमा भर्ना खुलाएको छ ।
कर्णाली प्रदेशका १० जिल्लामा गरि जम्मा ११२ जना अग्नि नियन्त्रकको संख्या माग गरिएको हो ।
निर्देशनालयले सुर्खेतबाट २४, सल्यानबाट १६, दैलेखबाट १२, जाजरकोटबाट १२, रुकुम पश्चिमबाट ८, जुम्लाबाट १२, कालिकोटबाट ७, हुम्लाबाट ७, मुगुबाट ७ र डोल्पाबाट ७ गरेर जम्मा ११२ जनाको संख्या माग गरेको हो ।
इच्छुक ब्यक्तिले यहि फागुन १२ गते देखि चैत्र २६ गतेसम्म फारम भर्न सक्ने छ्न । फारम प्रदेश वन निर्देशनालय कर्णाली प्रदेश सुर्खेत अन्तर्गतका सबै वन डिभिजन कार्यालयबाट भर्न सकिने छ ।
अग्नि नियन्त्रककोलागि १८ वर्ष पूरा भइ ४५ पूरा नभएको नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन् । गत प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा म्यादी प्रहरी भइ कर्णाली प्रदेशका जुनसुकै जिल्लामा कार्य गरेका ब्यक्तिहरु बिशेष प्राथमिकता तथा उनिहरुको योग्यताक्रम अनुसार छनोट गरिने वन निर्देशनालय सुर्खेतले जनाएको छ ।
अग्नि नियन्त्रकहरुको कार्य अवधि ३ महिनाको हुनेछ । मासिक २४ हजार ७ सयका दरले ३ महिनामा जम्मा ७४ हजार १ सय पारिश्रमिक पाउनेछन् ।
विस्तृतमा पढ्नुहोस ।
प्रतिकृया दिनुहोस्