July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार
श्रीमती र बुवालाइ नग्न देख्दा बुवाको हत्या

श्रीमती र बुवालाइ नग्न देख्दा बुवाको हत्या

 

फागुन ११, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकामा छोराले बाबुको हत्या गरेका छन् ।

नगरपालिकाको वडा नम्बर १० शीतलापुरमा मग्नीराम पासीले ६४ वर्षीय बुवा मगरे पासीको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

मंगलबार बिहान ११ बजे मग्नीराम अफिसबाट खाना खान घरमा आएको बेला बाबु र श्रीमतीलाई नग्न अवस्थामा देखेपछि मगरेको हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बताउनुभयो ।

सोही दिन राति ११ बजे डोरीमा बाँधी झुन्डाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मृतक मगरे पासीको शरीरमा कुटपिटबाट चोट लागेको समेत देखिएको छ ।

प्रहरीलाई बुधवार बिहान ८ बजे घटनाको जानकारी भएको थियो । हत्यामा संलग्न मृतकको छोरा र बुहारी मिमा पाशीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरेको छ ।

गोरखा पत्र दैनिकबाट

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज