June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
राष्ट्रपतिमा माधव नेपाल नै उपयुक्त : प्रकाश ज्वाला

राष्ट्रपतिमा माधव नेपाल नै उपयुक्त : प्रकाश ज्वाला

फागुन ११, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले राष्ट्रपतिको पदका लागि आफ्नो पार्टीको दाबी रहेको बताएका छन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको बताए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनका लागि उपयुक्त पात्र पनि अध्यक्ष नेपाल भएको उनले दाबी गरे ।

उनले भने, ‘पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौं भन्ने विषय छलफलमा छ, राष्ट्रिय सहमति जुट्नसक्ने पात्र पनि हाम्रो पार्टीकै नेता हुनसक्छन् ।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज