January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
सल्यानबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

सल्यानबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

फागुन १०, सल्यान । युवा संगठन नेपाल सल्यानले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठनकाे केन्द्रीय निर्णय अनुसार युवा संगठन सल्यानले सल्यानका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई साे पत्र पठाएको हाे ।

आज बुधबार संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष प्रकाश गिरिकाे नेतृत्वमा गएको युवा संगठन सल्यानकाे समुहले वैदेशिक राेजगारले निम्त्याएका समस्या, वित्तीय संघ संस्थाहरुले जनतालाई दुःख दिएर निम्त्याएका समस्या र मिटरव्याजीहरुले जनतालाई दिएको सास्तीबारे जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको साे संगठनका जिल्लानेता राेदिन श्रेष्ठले जानकारी दिए ।

बिस्तृतमा ध्यानाकर्षण पत्र पढ्नुहोस ।