May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
शारदा नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शुरु

शारदा नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शुरु

 

फागुन ०९, सल्यान । सल्यानको शारदा नगरपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ ।

त्रिभुवन जन माध्यमिक विद्यालयमा आज एक कार्यक्रमकको आयोजना गरि रनिङ शिल्डको उद्घाटन भएको हो ।

 

शारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल उपस्थित हुनु भएको थियो ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख प्रतिनिधि, पत्रकार तथा शिक्षक विद्यार्थी, तथा खेलप्रेमीहरुको उपस्थिती रहेको थियो ।

नगर उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा, पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल, शिवजन माविका प्रधानाध्यापक हिरालाल नेपाली, वडा नम्बर १४ का अध्यक्ष प्रकाश पुन, एकिकृत समाजवादीका नेता रमेश गौतम, नेपाली काँग्रेसका उप सभापति सन्तोष के.सी. तथा पार्टी सभापति केश बहादुर विष्टले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा समन्वय प्रमुख बेलाराम रावलले खेल क्षेत्रको माध्ययमबाट जिल्लाको पहिचान स्थापित गराउनको लागि विद्यालय स्तरबाटै खेलमा चासो र सहभागीतामा जोड दिन विद्यार्थीलाई आग्रह गर्नुका साथै रनिङ शिल्ड सफलताको शुभकामना दिनु भयो ।

उद्घाटन समारोहको समापान गर्दै कार्यक्रममा सभाध्यक्ष तथा नगर प्रमुख प्रकाश भण्डारीले खेल क्षेत्रमा नगरपालिकाले गत वर्ष भन्दा दोब्बर बजेट विनियोजन गरिएको र यही आर्थिक वर्ष या आउदो आर्थिक वर्षमा राष्ट्रिय स्तरको भलिवल प्रतियोगिताको तयारी गरिरहेको उहाँले बताउनु भयो ।

वडा नम्बर १४ मा जन्मिएर एथ्लेटिक्स खेल मार्फत पटक पटक अन्तराष्ट्रिय पदक जितेर नगरपालिका मात्र नभएर देशकै नाम उच्च राख्न सफल हुनु भएकी खेलाडी पुष्पा भण्डारीबाट सहभागी खेलाडीले प्रेरणा लिन सक्नु पर्ने उहाँले बताउनु भयो । उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयको साँस्कृतिक प्रस्तुती रहेको थियो भने कार्यक्रमको संचालन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो ।

आजबाट सुरु रनिङ शिल्डमा नगरभित्रका १५ विद्यालयका खेलाडी विद्यार्थीहरु विच भलिवल, कवड्डी, एथ्लेटिक्स र मार्सलआर्ट विदामा खेल संचालन हुने नगरपालिकाले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज