October 5, 2024, Saturday
२०८१ आश्विन १९, शनिबार
टेवुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छ : मन्त्री शर्मा

टेवुल वर्क हैन फिल्ड वर्कबाट कर्णाली प्रदेश अर्गानिक प्रदेश बन्छ : मन्त्री शर्मा

 

फागुन ०३, सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले अर्गानिक प्रदेश उत्पादनको केन्द्र कर्णाली प्रदेश भएकाले टेवुल वर्क भन्दा फिल्ड वर्कबाट काम थालनी गर्नुपर्ने बताउनु भएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा कर्णालीमा प्राङ्गारिक कृषि प्रर्वधनका लागि सरोकारवालाहरुको क्षमता अभिबृद्धि परियोजनाको उपलब्धी एवम भावी कार्यदिशा विषयक गोष्ठीमा मन्त्री शर्माले टेवुल वर्क भन्दा फिल्ड वर्कमा जोड दिनु पर्ने बताउनु भयो ।

कर्णाली प्रदेश अर्गानिक उत्पादनको केन्द्र भएकाले यसमा लागानी गर्ने संघ प्रदेश तथा स्थानिय सरकार तथा अन्तराष्टिय गैर सरकारी साझेदार संस्थाहरु र गैर सरकारी संस्थाहरुको बाटो फरक नभए एउटै गनतव्य हुनुपर्ने बताउनु भयो ।

मन्त्री शर्माले कर्णाली प्रदेशले कृषि उत्पादनमा आत्मनिर्भरता बढाउदै कृषि उत्पादनबाट नै रोजगार सृजना गर्ने परिकल्पना गरेकाले यसको कार्यान्वयन गर्न लगानी कर्ता एकठाउमा उभिनु पर्ने जोड दिनुभयो ।

चलन चल्तीबाट अब कर्णाली समृद्धिको यात्रामा पुरा नहुने भएकाले गैरसरकार संस्थाले सफ्टवयरमा काम गर्ने नेताले भाषणमा कर्मचारीले कागजमा काम गर्ने पद्धतिको अन्त्य गर्न सबैलाइ एक ठाउमा ल्याउने प्रयास थालेको जानकारी दिनुभयो ।

लगानीकर्ताले लगानीको प्रतिफल उत्पादन र रोजगारमा भन्दा तथ्याङ्कमा बढी जोड गर्ने भएकाले अब टेवुल हैन फिल्डमा जानु पर्ने कागजमा भन्दा ब्यबहारमा जोड दिन निर्देशन दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज