January 14, 2026, Wednesday
२०८२ माघ २, बिहीबार
दश जिल्लाका कार्यालय प्रमुखलाई एक महिना भित्र प्रगति प्रतिवेदन पठाउन मन्त्री शर्माकाे निर्देशन

दश जिल्लाका कार्यालय प्रमुखलाई एक महिना भित्र प्रगति प्रतिवेदन पठाउन मन्त्री शर्माकाे निर्देशन

माघ १७, सुर्खेत । दश जिल्लका पशु र कृषि  विकास कार्यालयका कार्यालय  प्रमुखलाई एक महिना भित्र प्रगति प्रतिवेदन पठाउन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री माननीय भिम प्रकाश शर्माले निर्देशन दिनुभएकाे छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयकाे आयाेजनामा दश जिल्लाका पशु र कृषि कार्यालय प्रमुख संग परिचयात्मक अन्तरक्रिया  गर्ने क्रममा मन्त्री शर्माले प्रगति प्रतिबेदन पठाउन निर्देशन गर्नु भएकाे हाे।

जुम बैठकमा दश वटै जिल्लाका कार्यालय प्रमुखले  नव नियुक्त मन्त्री माननीय शर्मा संग परिचयात्मक कार्यक्रम सगै  जिल्लाकाे प्रगति प्रतिवेदन र समस्याबारे जानकारी गराउनु भएकाे थियाे।

सबै जिल्लाका  वास्तविक उपलब्धि प्रस्तुत गरे लगतै मन्त्री शर्माले तथ्याङ्क सग सम्बन्धित  उपलब्धि बाँकी क्रियाकलाप र पुँजीगत बजेट र चालू पुजी बजेटकाे सन्तुलित डाटा एक महिना भित्र पठाउन निर्देशन दिनु भयाे।

आगामी  दिनमा सञ्चालन हुने जुम बैठकमा जिल्लाकाे  पुँजीगत बजेट चालू पुजी बजेटकाे सन्तुलित उपलब्धि प्रतिशत र लाभान्वित  समूहकाे तथ्याङ्क प्रतिवेदनमा समेट्न निर्देशन गर्दै एक महिना भित्र मासिक प्रगति प्रतिवेदन पठाउन निर्देशन दिनुभएकाे जुम बैठककाे अध्यक्षता सचिव लेखराज दाहालले गर्नु भएकाे  थियाे।