January 17, 2025, Friday
२०८१ माघ ४, शुक्रबार
सल्यानमा दाङ – सल्यान सडक सुधारका सम्बन्धमा सर्बपक्षिय बैठक सम्पन्न : यस्ता छन निर्णयहरु

सल्यानमा दाङ – सल्यान सडक सुधारका सम्बन्धमा सर्बपक्षिय बैठक सम्पन्न : यस्ता छन निर्णयहरु

माघ २६, सल्यान । दाङ – सल्यान सडक सुधारका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सल्यानमा सर्बपक्षिय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार जिल्ला प्रशासन कार्यालय सल्यानमा सम्पन्न बैठकमा प्रतिनिधि सभा सदस्य प्रकाश ज्वाला, सल्यान प्रदेशसभा ‘क’ बाट निर्वाचित कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्मा, प्रदेशसभा ‘ख’ का सांसद सुरेश अधिकारी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल, जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुखहरु, विभिन्न राजनितिक दलका नेताहरु, निर्माण व्यवसायी, पत्रकार लगाएत सरोकारवालाहरुको उपस्थिति रहेकाे थियाे ।

बैठकमा राप्ती राजमार्ग अन्तर्गत चोर खोला – देखि रुकुमको खौला सम्मको सडक खण्डको संक्षिप्त परिचय, ठेक्का विवरण, विद्यमान समस्या,  समस्या समाधानका उपाय बारे सडक डिभिजन कार्यालय दाङका प्रमुख पुकार जैसवालले प्रस्तुतीकरण गराइएका थिए ।

यस्ता छन बैठकका निर्णयहरु :

१) यस तथा अघिका आर्थिक वर्षमा राप्ती राजमार्ग अन्तर्गत चौरखौला – रुकुम खौला सडक खण्ड मर्मत सम्भार तथा स्तरोन्नतिको लागी भएका ठेक्का सम्झौता बमोजिम नै निर्धारित समयावधि मै कार्य संचालन गर्ने गरि निर्माण व्यावसायि (ठेकेदार) ले कार्य गर्ने तथा निर्माणको कार्यमा सडक डिभिजन कार्यालय दाङ लगायतका सरोकारवालाहरुसंग सहजीकरण गर्ने साथै उक्त कार्यको गुणस्तरीयता कायम गर्दै नियमित अनुगमनको ब्यबस्था सडक डिभिजन कार्यालय दाङले गर्ने ।

२) राप्ती राजमार्ग अन्तर्गत सल्यान जिल्लामा पर्ने खण्डमा भइ रहेको मर्मत सम्भार तथा स्तरोन्नति कार्यको प्रगतिका सम्बन्धमा नियमित समिक्षा गरि प्रगति विवरण सडक डिभिजन कार्यालय दाङले पठाउने ।

३) योजना (सडक पुल) आदि संचालन हुने स्थानमा (आयोजनाको सम्पुर्ण विवरण, आयोजनाको नाम, संचालन हुने स्थान, योजना संचालन अवधि, योजना संचालन गर्ने कार्यालय, निर्माण व्यावसायि, योजनाको कुल लागत आदि) समेटिएको सुचनापारी राख्ने ब्यबस्था सडक डिभिजनले मिलाउने ।

४) राप्ती राजमार्गकोलागि बहुबर्षिय ठेक्का सम्बन्धि कागजात तयार गरि सडक डिभिजन कार्यालय दाङले यथाशीघ्र सम्बन्धित निकायमा पेश गर्ने ।

यस सडक खण्डमा सडक डिभिजन कार्यालय दाङले विभिन्न प्वाइन्टमा १८ वटा ठेक्का लगाएको भएपनी अहिले काम भइ रहेको छैन ।

दाङ र सल्यानकाे सिमाना चोरखोला देखी सल्यान रुकुमकाे सिमाना खौला जम्मा ८८.४ किलोमिटरको दुरिमा छ ।

अब तत्काल सडकको स्तरोन्नतीको काम शुरु गरि असार मसान्तसम्म सक्ने निर्माण व्यवसायी र सडक डिभिजनले प्रतिबद्धता व्यक्त गरेका छ्न ।