फागुन १ गते सार्वजनिक बिदा
माघ २५, सल्यान । फाल्गुन १ लाई विशेष दिनकाे रुपमा स्मरण गर्दै कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशमा फागुन १ जनयुद्ध दिवस मनाउने भएको छ ।
जनयुद्धको क्रममा अग्रणि भुमिका निर्वाह गरेका रुकुम कालिकाेट,जाजरकोट जस्ता जिल्ला बाट सयाैकाे संख्यामा सहिद भएका छन भने हजारौं घाइते, तथा दर्जनाै बेपत्ता छन् ।
जनयुद्ध दिवस मनाउन फागुन १ गते प्रदेशभरी नै सार्वजनिक बिदा दिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जीसीले बताए । अहिले कर्णाली प्रदेशमा मुख्यमन्त्री माओवादी का तर्फबाट राजकुमार शर्मा छन् । कर्णालीमा माओवादी तथा एमाले काे संयुक्त सरकार छ ।
स्मरण रहाेस यश अघि पनि तत्कालीन कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री हुदा माओवादी नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारले फागुन १ लाई जनयुद्ध दिवशकाे रुपमा मनाउने निर्णय गरेकाे थियाे ।
लेखकको सम्वन्धमा