July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
एक गाउँ एक पकेट क्षेत्र बिस्तार गर्न मन्त्री शर्माको निर्देशन

एक गाउँ एक पकेट क्षेत्र बिस्तार गर्न मन्त्री शर्माको निर्देशन

माघ २४, सल्यान । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले एक गाउँ एक पकेट क्षेत्र विस्तार गर्न निर्देशन दिनुभएको छ ।

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले आयोजना गरेको मन्त्री भिम प्रकाश शर्मालाई स्वागत तथा बधाइ ज्ञापन कार्यक्रममा मन्त्री शर्माले एक गाउँ एक पकेट क्षेत्र विस्तार गर्न निर्देशन दिनु भएको हो ।

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले साना तथा ठुला किसानको लागि कर्णाली प्रदेशका ५४ पालिकामा मात्रै नभइ ७९ वटा स्थानिय तह सम्म किसानलाई जोड्न अनुरोध गर्नुभयो ।

कृषि क्षेत्रमा लगानी गर्ने अन्तरास्ट्रिय गैरसरकारी संस्था तथा दातृ निकायसंग समन्वय तथा सहकार्य गर्न प्रदेश सरकार तयार भएकाले यसमा नितिमा आएका समस्या तत्काल सामाधान गर्न निति तथा नियमावली तयार पारेर भएपनि प्रदेश सरकार लगानी बढाउन तयार भएको बताउनु भयो ।

मन्त्री शर्माले कृषि क्षेत्र बिकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले साना तथा ठुला किसानको उत्पादन बृद्धि तथा बजार बजारिकरणको लागि ठुलोमात्रमा लगानी गरेता पनि किसानले काम गर्ने हो र अनुदानको लागि कागज प्रकिया जुटाउन नसक्ने भएकाले यसबारे सोच्न सुझाउनु भयो ।

कर्णालीको माटो हावापानी जलवायु अनुकुलनताको हिसावले कृषि उत्पादनमा राम्रो सम्भावना भएकाले कर्णालीका सबै जिल्ला र ७९ वटा पालिकामा यसको अध्ययन गर्नपनि अनुरोध गर्नुभयो ।

भेरी करिडोर र सल्यानको कालिमाटी क्षेत्र कृषि उत्पादन तथा मत्स्य पालनको लागि उयुक्त क्षेत्र भएकाले भेरी र शारदाको पानी किसानले प्रयोग गरेर कसरी कृषिमा आत्मनिर्भरता बढाउन सकिन्छ यसबारे अध्ययन थाल्न समेत निर्देशन दिनुभयो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज