गायक दुर्गेश थापामाथी स्टेजमै डुङ्गा प्रहार
पुस १७, कपिलवस्तु ।
दुर्गेश थापामाथि आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएको हो ।
मञ्चमा प्रस्तुति दिँदै गर्दा गायक थापासँग आक्रोशित दर्शकहरुको समूहले ढुङ्गा प्रहार गरेपछि उनको प्रस्तुति नै रोकिएको थियो । उनीमाथि आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अश्लिल गीतहरू गाएको भनेर दर्शकको आलोचना तथा पटकपटक कारबाहीमा समेत पार्दै आएका थापा नायक पल शाहलाई फसाउन सहयोग गरेको भन्दै विवादमा तानिएका छन् ।
नायक पल शाहलाई फसाएको भन्दै दुर्गेशमाथि अश्लिल गालीगलौज समेत गरिएकाले उनलाई शाहकै समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ ।
शनिवारका दिन दर्शकको अत्याधिक भीड रहेकाले भीडबाट क-कसले ढु’ङ्गा प्रहार गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव यहि पुस महिनाको २१ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।
लेखकको सम्वन्धमा