March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
बैतडी घटना : श्रीमतीलाई अँगालोमा देखेपछि शिक्षकको हत्या , दम्पती मिलेर शव व्यवस्थापन

बैतडी घटना : श्रीमतीलाई अँगालोमा देखेपछि शिक्षकको हत्या , दम्पती मिलेर शव व्यवस्थापन

पौष ०७, बैतडी ।

बैतडीको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको अँगालोमा आफ्नो श्रीमती देखेपछि हत्या गरेको पुर्चौंडी नगरपालिका -३ न्वादेउका प्रजा बोहरा प्रहरी समक्ष बयान दिएका छन् ।

शिक्षकको हत्यामा आफू संलग्न रहेको स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बैतडीले बोहरा र उनकी पत्नी विमला बोहरालाई सार्वजनिक गरेको हो । पुस १ गते राति विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्किएकी थिइन् ।

उनी घर आउन ढिलो गरेपछि श्रीमान् खोज्न पुगेका थिए । त्यो बेला आफ्नो श्रीमती शिक्षक विष्टको अँगालोमा देखेपछि उनले कुटपिट गरि हत्या गरेको बैतडीका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले बताए ।

सामान्य कुटपिटबाट घाइते भएका शिक्षकलाई उनले एउटा हातले मुख थुनेर अर्को हातले कडा बस्तुले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । शिक्षकको हत्यामा प्रजा मात्रै संलग्न रहेपनि शव व्यवस्थापनमा भने बोहरा दम्पती नै लागेका थिए । छात्रबासमा विष्टको हत्या गरिसकेपछि दुवै जना मिलेर शव छात्रबास पछाडि फालेको उनीहरुले प्रहरीलाई बयान दिएका थिए ।

अभियुक्त विमला कृष्ण माध्यमिक विद्यालयको छात्रावासमा बसेर कम्प्युटर डिप्लोमा अध्ययन गरिरहेकी थिइन् भने पेसाले स्वास्थ्यकर्मी रहेका उनका श्रीमान् २७ गतेदेखि होस्टेलमा उनीसँगै बस्दै आएका थिए । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज