July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानको श्रीनगर बसपार्क एरिया भित्र एलानी जग्गामा रहेका घर टहराहरु हटाउन नगरपालिकाको आग्रह

सल्यानको श्रीनगर बसपार्क एरिया भित्र एलानी जग्गामा रहेका घर टहराहरु हटाउन नगरपालिकाको आग्रह

मंसिर २६, सल्यान ।

सल्यानको शारदा नगरपालिका १ श्रीनगर नजिक अस्थाई बसपार्क एरिया भित्र एलानी जग्गामा रहेका घर टहराहरु हटाउन नगरपालिकाले आग्रह गरेको छ ।

नगरपालिकाको सोमबार वसेको कार्यपालिका बैठकको निर्णय अनुसार बन्न लागेको आधुनिक बसपार्ककोलागि सरकारी पर्ती एलानी जग्गा छुट्याइ नापजाँचको कार्य भइसकेको हुनाले सकेको हुनाले सूचना प्रकाशन मितिले ३५ दिन भित्र उक्त एरिया भित्र रहेका ७५ घरदुरि, टहरा र समानहरु हटाइसक्न अनुरोध गरेको हो ।

तोकिएको समयावधि भित्र निर्माण भएका घर, टहराहरु, अतिक्रमीत जग्गा तथा निर्माण भएका संरचनाहरु नहटाएमा कार्वाही प्रक्रिया अघि बढाइने नगरपालिकाले बताएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज