March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
सुर्खेत घटना : श्रीमतीको टाउको काटेर प्लास्टिकको थैलोमा बोकेर हिँड्दै गर्दा पक्राउ

सुर्खेत घटना : श्रीमतीको टाउको काटेर प्लास्टिकको थैलोमा बोकेर हिँड्दै गर्दा पक्राउ

मंसिर २१, सुर्खेत ।

सुर्खेतमा एक युवाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमती हत्या गरी टाउको प्लास्टिकको झोलामा बोकेर हिँडिरहेको अवस्थामा पक्राउ परेका छन् ।

पञ्चपुरि नगरपालिका -३ तोक्मा बस्ने अम्मर बहादुर आले मगरले मंगलबार श्रीमतीको हत्या गरेर टाउको प्लास्टिकको थैलोमा बोकेर हिँडेका हुन् ।

३८ वर्षीय मगरले मिना आले मगरको धारिलो हसियाले घाँटी काटि टाउको पलास्टिको थैलोमा हालेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकि नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानीयले पछाडिबाट ती व्यक्तिको तस्बिर लिएका थिए ।

हाल आलेलाई ईलाका प्रहरी कार्यालय बाबियाचौर राखिएको छ । प्रहरीले आलेलाई नियन्त्रणमा लिएको भएतापनि के कारणले श्रीमतीको हत्या गरे भन्ने खुलेको छैन । इप्रका प्रमुख प्रहरी निरीक्षक टिक प्रसाद देउवाले पैसाको विषयमा श्रीमतीसँग झगडा परेको बुझिएको बताए ।

उनले भने, ‘अम्मर बहादुर आले वैदेशीक रोजगारको लागि विदेश गएको र त्यहाँबाट फर्केपछि गत वैशाखमा रोजगारीको लागि भारत गएको समेत खुलेको छ । पैसाको विषयमा झगडा परेको बुझिएको छ । थप कुरा अनुसन्धानपछि थाहा हुनेछ ।’

उक्त घटना स्थलमा १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको प्रहरी निरीक्षक देउवाले बताए ।

केटिएम दैनिक

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज