July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
बैतडीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीकी माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ

मंसिर १८, बैतडी ।

घाँटी रेटेर बीभत्स हत्या गरिएकी बैतडीकी माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई आइतबार महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा पक्राउ गरिएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वम्यादी प्रहरीसमेत रहेकी २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ गाउँपालिका-४ का कोलीलाई पक्राउ गरिएको हो । पक्राउसँगै उनलाई अनुसन्धानका लागि बैतडी प्रहरीलाई बुझाइने भएको छ । कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत छन् ।

घटनामा १५ वर्षीय अर्की बालिका पनि घाँटी रेटिएको अवस्थामा घाइते भेटिएकी थिइन्।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज