June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
सल्यानमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक : एमाले पहिलो, काङ्ग्रेस तेस्रो

सल्यानमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक : एमाले पहिलो, काङ्ग्रेस तेस्रो

मंसिर १०, सल्यान ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तर्गत सल्यानमा समानुपातिक तर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

एक प्रतिनिधि सभा र २ प्रदेश सभा भएको सल्यानमा एमाले दुबै सभा तर्फ अगाडि देखिएको हो ।

प्रतिनिधि सभा तर्फ कुल ८४ हजार ७ सय ८९ खसेको मत मध्ये नेकपा एमाले सल्यानले २२ हजार २ सय ५६ मत सहित पहिलो, दोस्रोमा नेकपा माओवादी केन्द्रले २१ हजार ३ सय २५, नेपाली काङ्ग्रेसले १९ हजार ९ सय ६६, एकीकृत समाजबादी पार्टीले ५ हजार ९ सय ७० मत सहित चौथो ,  ४ हजार ५  सय २२ मत प्राप्तगरि  राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौं र राप्रपाले २ हजार ३ सय ८ मत प्राप्त गरि छैठौं स्थानमा छ्न ।

कुल ८४ हजार ७ सय ८९ खसेको मत मध्ये सदर मत ७८ हजार ५ सय ७४ र बदर मत ६ हजार २ सय १५ रहेको थियो ।

प्रदेश सभातर्फपनी एमाले पहिलो

त्यस्तै प्रदेश सभा तर्फ जम्मा ८२ हजार ९ सय ९८ खसेको मत गणना गर्दा नेकपा एमाले सल्यानले २२ हजार ३ सय १९ मत सहित पहिलो भएको हो । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र २१  हजार २ सय ३१ मत प्राप्त गरेको छ । १८ हजार ६ सय ४८ मत सहित  नेपालि काङ्ग्रेस तेस्रो स्थानमा, एकीकृत समाजवादी ८ हजार ४ सय २९ मत प्राप्त गरि चौथो र ३ हजार ४ सय ४ मत सहित पाचौं स्थानमा राप्रपा छ ।

प्रदेश सभा तर्फ खसेको कुल मत ८२ हजार ९ सय ९८ मध्ये सदर मत ७६ हजार ७ सय ६७ र बदर मत ६ हजार २ सय ३१ रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज