February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
सल्यानमा समानुपातिक तर्फ ७१ हजार बढी मतगणना गर्दा एमाले अग्रस्थानमा,  माओवादी तेस्रो

सल्यानमा समानुपातिक तर्फ ७१ हजार बढी मतगणना गर्दा एमाले अग्रस्थानमा, माओवादी तेस्रो

मंसिर १०, सल्यान ।

 मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत  सल्यानमा समानुपातिक तर्फको ७१ हजार बढी मत गणना गर्दा नेकपा (एमाले) ले अग्रता कायमै गरेको छ ।

शनिबार बिहान ६ बजे सार्वजनिक भएको मत परिणाम अनुसार समानुपातिकमा प्रतिनिधिसभा तर्फ ७१ हजार ७६ मत गणना गर्दा एमाले १९ हजार ४६१ मत सहित अग्रस्थानमा रहेको छ ।

१८ हजार ८९ मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ भने १५ हजार ६ सय ५६  मत सहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ ।

त्यस्तै ५ हजार २ सय १९ मत सहित नेकपा ( एकीकृत समाजवादी ) चौथो, ३ हजार ९ सय ३९ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टी पाँचौं र  २ हजार १७ मत सहित राप्रपा छैटौं स्थानमा छ ।

प्रदेश सभा तर्फ पनि एमाले पहिलो

समानुपातिक तर्फको जारी मत गणनामा प्रदेश सभा तर्फ पनि एमाले अग्र स्थानमा छ ।

प्रदेश सभा तर्फ ६९ हजार ९ सय २५ मत गणना गर्दा नेकपा (एमाले) १९ हजार ५ सय ४९ मत ल्याएर पहिलो स्थानमा छ ।

त्यस्तै १६ हजार ५ सय ९९  मत सहित कांग्रेस दोस्रो, १६ हजार २७ मत सहित माओवादी तेस्रो, ७ हजार ३८६ मत सहित एकीकृत समाजवादी चौथो र ३ हजार ८३ मत सहित राप्रपा पाँचौ स्थानमा छ ।

अब दार्मा गाउँपालिका  र बनगाड कुपिण्डे नगरपालिका क्षेत्र न. १. को मत गणना गर्न बाकी रहेको  मुख्य निर्वाचन अधिकृत को कार्यालय सल्यानले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज