March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
सल्यानमा समानुपातिक तर्फ ८ हजार मत गन्दा एमाले पहिलो, कांग्रेस दोस्रो

सल्यानमा समानुपातिक तर्फ ८ हजार मत गन्दा एमाले पहिलो, कांग्रेस दोस्रो

मंसिर ८, सल्यान ।

सल्यानमा प्रतिनिधि सभामा समानुपातिक तर्फ कालिमाटी गाउँपालिकाको मतगणना गर्दा नेकपा एमाले पहिलो स्थानमा देखिएको छ । कुल ८ हजार १ सय ४६ मतगणना गर्दा नेकपा एमाले सल्यानले ३ हजार ३ सय १५ मत सहित अगाडि देखिएको हो ।

त्यसैगरी नेपाली काङ्ग्रेसले २ हजार ९२ , नेकपा माओवादी केन्द्रले १ हजार २ सय ७४, एकीकृत समाजबादी पार्टीले ४ सय ८९ र राप्रपाले २ सय ८० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय ६७ मत प्राप्त गरेका छन ।

त्यस्तै प्रदेश सभा तर्फ जम्मा ८ हजार ३८ मत मध्ये नेकपा एमाले सल्यानले ३ हजार ४ सय १९ मत सहित अगाडि छ । दोस्रो स्थानमा नेपाली काङ्ग्रेसले १ हजार ६ सय ९९ मत प्राप्त गरेको छ । १ हजार ४ सय १८ मत सहित समाजवादी तेस्रो स्थानमा र राप्रपाले ३ सय ३४ मत प्राप्त गरि चौथो स्थानमा छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज