कांग्रेस सल्यान सभापतिले गरेको कारवाही बारे उपसभापति केसीको वक्तव्य : पद्धति विपरीत कारबाही गरिनु लज्जास्पद
मंसिर ७, सल्यान ।
नेपाली काङ्ग्रेस सल्यानका सभापतिले पार्टीको निति, पद्धति र बिधान विपरीत जिम्मेवार नेताहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासित गरेको बिषय प्रती आफ्नो आपत्ति रहेको उपसभापति सन्तोष केसिले बताएका छन ।
गत मंसिर १ गते पार्टी सभापति केश बहादुर बिष्टको हस्ताक्षरित बिज्ञप्तिमा पार्टीका जिम्मेवार २२ जना नेतालाई गठबन्धन र पार्टी विरुद्धको कार्य गरेको भन्दै जिल्ला सचिव एकराज बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका बेलाराम रावत, प्रदेश कमिटी सदस्य कालि प्रसाद भण्डारी सहितका नेताहरुलाइ ५ बर्ष सम्मकोलागि निलम्बन गरेको थियो ।
सोही निर्णय विरुद्ध उपसभापति केसिले पार्टीको पद्धति विपरीत कारबाही गरिनु लज्जास्पद रहेको बताएका छ्न । बुधबार एक बिज्ञपति निकाल्दै उनले सभापतिले मनोमानी तरिकाले सदस्यता निलम्बन गरेको र त्यसमा आफ्नो कुनै संगलनता नरहेको उल्लेख गरेका छ्न ।
पार्टीका पदाधिकारी र जिम्मेवार नेताहरुसंग सल्लाह नै नगरेर गरिने गलत निर्णयले पार्टीलाई कमजोर बनाउने र पार्टीलाई मजबुत बनाउन पार्टीको विधि बिधानमा सबैले टेकेर काम गर्नुपर्न भन्दै कारबाहीमा परेका भनिएका २२ जना नेताहरुलाई बिधि पद्धति अनुसार जिल्ला कार्य समितिले कारबाही नगरेको बताएका छ्न ।
पार्टी बिरुद्ध लाग्ने जो कोहि ब्यक्तिलाई के गर्ने भन्ने कुरालाई छलफलको बिषय बनाउनु पर्ने ठाउमा सभापतिले गरेको एकल निर्णयले पार्टी भित्र नैरास्यता छाएको समेत केसि बताउछ्न ।
साथै उनले राजेन्द्र बहादुर शाह विरुद्ध गरिएको कारबाही फिर्ता लिन केन्द्रिय समितिलाई पनि आग्रह गरेका छ्न । लामो समय राजनीतिमा लागेर काङ्ग्रेसको संगठन निर्माणमा अहोरात्र खटिने उनलाइ कारबाही गरिनु कुनै अर्थ नभएको उनि बताउछन ।
यस्तो छ बिज्ञपति:
यो पनि पढ्नुहोस ।
सल्यानमा गठबन्धन विरुद्ध काम गरेको भन्दै नेपाली काङ्ग्रेसका २२ नेता पार्टीबाट निष्कासित
प्रतिकृया दिनुहोस्