कति छ, सल्यानको छत्रेश्वरी गाँउपालिका अध्यक्ष सन्तोष केसीको सम्पती ?
भदौ १४, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसीले आफ्नो सम्पती विवरण सार्वजनिक गरेका छन । आईतबार, सल्यान खलंगा बालमन्दीर हलमा पत्रकार सम्मेलण गर्दै उनले आफ्नो सम्पुर्ण सम्पती विवरण सार्वजनिक गरेका हुन ।
पछिल्लो समय नेता तथा जनप्रतिनिधीहरुको सम्पती एकाएक बढेको र सम्पतीको स्रोत के हो भन्ने बारे नागरीकहरुले आशंका तथा प्रश्न गर्ने गरेको पाईएकाले सम्पती सो (देखाउन) गर्नको लागी नभई पारदर्शी र नागरिकहरु प्रति जवाफदेहि हुदै आफुले स्वैछिक रुपमा सम्पती विवरण सार्वजनिक गरेको उनले बताए ।
‘‘मेरो वुवा विधुतको सुब्बा हुनुन्थ्यो, आमा थाई शिक्षक । दुवै जनाले जागीर छोडेर व्यवसाय सुरु गर्नु भयो । यसरी म व्यवसायिक परिवारमा हुर्किए ।’’ उनले भने – ‘‘तर म परिस्थीतीले राजनितिमा आए । राजनितिमा आए पश्चात हामी एकदम पारदर्शी हुनु पर्छ । सार्वजनिक पदधारण गरेपछि हाम्रो सवै कुरा जनताले थाहा पाउदा कुनै आपत्ती हुदैन भनेर मैले सम्पती सार्वनिक गरेको हु ।’’
यसरी सार्वजनिक पद धारण गरेका व्यक्तिले प्रत्येक वर्ष सम्पती विवरण सार्वजनिक गर्दा कसैले अकल्पनीय रुपमा आर्थिक फड्को मारे पश्चात त्यसको पनि हिसावकिताव हुने र यदि व्यक्तिले आफुले कमाएको हो भने आम्दानीको स्रोत पुष्टि गर्नुपर्ने भएकाले सुशासण र पारदर्शिता कायम होस भन्ने ध्येयले आफुले उक्त कदम चालेको अध्यक्ष केसीले बताए ।
प्रत्येक व्यक्तिलाई आफ्नो सम्पतीमा गोपनिय’ताको हक भएता पनि सार्वजनिक पदधारण गरेका हरेक व्यक्तिले वार्षिक रुपमा सम्पती सार्वजनिक गर्दा भ्र’ष्टाचार न्युनिकरण गर्न उल्लेख्य सहयोग पुग्ने विस्वास व्यक्त गर्दै उनले सम्पती के कति हो भन्ने कुरा बाहिर ल्याएपछि त्यो कसरी बढ्यो ? र त्यसको स्रोत खुल्ने कि नखुल्ने ? भन्ने हिसावले छलफल हुने भएकाले आफुले सम्पती सार्वजनिक गर्न सुरुवात गरेको उनको भनाई छ ।
कति छ सम्पती ?
जनप्रतिनिधीहरुको रवाफपुर्ण जिवनशैली र अकल्पनिय आर्थिक उन्नतीको कारणले गर्दा जनप्रतिनिधिहरु प्रति आम नागरीकहरुले भ्र’ष्टाचार गरेको आशंका गर्ने र सम्पती सार्वजनिक तथा छानविनको माग गर्ने गरेको पाइएकाले जनता प्रति जवाफदेहि हुदै अध्यक्ष केसीले आफ्नो , श्रीमती , भाइ र आमाको नाममा रहेको सम्पती विवरण सार्वजनिक गरेको बताए ।
सम्पतिको रुपमा आफ्नो नाममा काठमान्डौको मन्डिखाटारमा एउटा घर ( जुन तुल्सीपुरको एउटा पुख्र्यौली घर वेचेर २०७१ मा किनेको ) केसीले बताए । त्यसैगरी सल्यानको श्रीनगरमा एउटा घर, संचाद सप्लायर्स ( हार्डवयर ), र श्रीनगरमा ४ वटा घडेरी पनि आफ्नो नाममा रहेको उनले बताए ।
त्यसैगरी दाङको तुलसीपुरमा एउटा घर, श्रीनगरमा ब्यापार गरिराखेको घर , दाङको तुलसिपुर उपमहानगरपालिकामा करिव १२ कट्ठा खेत र साङ्कोट, भोटेचौर, लान्ती, फलाबाङ क्षेत्रमा करिब २५ रोपनी जग्गा आमा अम्बीका कुमारी केसीको नाममा रहेको र यो सबै बुबा आमाले जोडेको पुर्ख्यौले सम्पति रहेको उनको भनाइ छ।
त्यसैगरी तारा यएरलाईन्सका क्याप्टेन भाई सुधन केसीको नाममा लान्तीमा एउटा घर, एउटा क्रेटा कार र एउटा बुलेट मोटरसाइकल रहेको उनले बताए। भाइको नाममा रहेको लान्तीको घर पनि पुर्ख्यौली घर नै रहेको उनले बताए ।
त्यस्तै श्रीमती चांदनी शाह केसीको नाममा सन्तोष इन्टरप्राईजेज, श्रीनगरमा एउटा घडेरी र करिव २५ तोला सुन तथा गरगहना रहेको र संचाद सप्लायर्सकोे नाममा दुई वटा ट्याक्टर र एउटा होन्डा साइन मोटरसाइकल रहेको उनको भनाइ छ ।
ऋण पनि छ :
सम्पति विवरण सँग संगै अध्यक्ष केसीले ऋण पनि सार्वजनिक गरेका छन । विभिन्न समयमा व्यवसायिक र घर निर्माण प्रयोजनको लागी कुमारी बैंक सल्यान शाखा बाट रु. २ करोड बैंक ग्यारेन्टी सहित रु.५ करोड ९५ लाख ५० हजार रकम सहित जम्मा रु. ७ करोड ९५ लाख ५० हजार रकम बैंक ऋण पनि रहेको अध्यक्ष केसीले बताउनु भयो ।
अध्यक्ष केसीले आफ्नो अहिले देखिएको सम्पति आफ्नो बाजे, बुबा हुदै आफुहरुले जोडेको पनि बताए । “तुलसीपुरका २ वटा घर बुबाले नै जोडदिनु भएको थियो । पछि २०७१ सालमा एउटा घर बेचेर त्यसमा केहि ऋण थपेर काठ्माण्डौमा त्यहि पैसाले घर किनियो ।” उनले भने – “श्रीनगरको ब्यापार गरिरहेको घर र साङ्कोट, छायाक्षेत्र, लानती र फलावाङ्को जग्गा पनि पुर्ख्यौली हो ।”
अध्यक्ष केसीले आफुले व्यबसाय सुरु गरे देखि १० बर्षमा श्रीनगरमा ४ वटा घडेरी र एउटा घर बनाएको बताए । साथै कुमारी बैंकको ७ करोड ९५ लाख ऋण मध्ये भाइ सुधन र आफु ऋणी भएको रु. ३ करोड ७५ लाख रकममा तुलसीपुरमा बुबाले बनाएको पुरानो घरको ठाउमा अहिले नयाँ घर बनाएको उहाँको भनाइ छ ।
आज आफु राजनीतिमा होमीए पनि अहिले पनि आफ्नो श्रीमती र परिवारले रात दिन नभनी व्यवसायमा दुख गरिरहेको उहाले बताउनु भयो । साथै राजनीति गर्ने जो कोहिले पनि पेशा, ब्यबसाय गर्नु पर्ने र आत्मा निर्भर हुनु पर्ने उहाँको सुझाव छ ।
यी हुन् सम्पतीका स्रोतहरु :
अध्यक्ष केसीका अनुसार उनको आम्दानीको स्रोत अन्तर्गत सल्यान, दाङ र काठमान्डौका घरबाट घरभाडा बाफत बार्षिक रु. ७० लाख आम्दानि हुने गरेको छ । त्यसैगरी तारा यएरलाईन्सका क्याप्टेन पाईलट भाई सुधन केसिको तलबबाट बार्षिक रु.७५ लाख आम्दानि हुन्छ ।
संचाद सप्लायर्स बाट बार्षिक ८ देखि १० करोड कारोबार हुने गरेको र बार्षिक रु. ६० लाख आम्दागी हुने गरेको छ भने ट्याक्टरबाट बार्षिक रु. २४ लाख आम्दानि र, गाउँपालिकाको तलब भत्ताबाट बार्षिक रु. ४ लाख ३ हजार गरेर बार्षिक कुल रु. दुई करोड ३३ लाख ३ हजार आम्दानी हुने गरेको अध्यक्ष केसीले बताउनु भयो ।
के अरु जनप्रतिनिधीले पनि सम्पती सार्वजनिक गर्ने नैतिक आँट गर्लान त ?
नेपालको राजनितीमा अपवाद बाहेक हरेक नेताहरुलाई नागरिक स्तर बाट जवर्जस्त एउटा प्रश्न उठ्ने गरेको छ की झुत्रेझाम्रे भएर चप्पल पड्काउदै राजनितिमा होईएका नेताहरु एकाएक कसरी सुटेडबुटेड हुन्छन ? एकाएक कसरी उनीहरुको आर्थिक उन्नती हुन्छ ? उनीहरुको आर्थिक समृद्धिको स्रोत केहो ? उनीहरु किन अपार’दर्शी छन् ? आज पनि यो प्रश्न उत्तीकै पेचिलो बनेर उठ्ने गरेको छ ।
यसर्थ हरेक राजनितिकर्मीले यो प्रश्नका सामना गर्नूपर्छ । जवाफ दिनुपर्छ । उनीहरुले आफ्नो सम्पती र सो को स्रोत पारदर्शी रुपमा जनतालाई देखाउनु पर्छ । यद्यपि यो कानुनीरुपमा अनिवार्य कुरा होईन तर नैतिकरुपमा भने अनिवार्य कुरा हो ।
दुख गरेर कमाएको सम्पती देखाउन कुनै लाज मान्नुपर्ने कारण छैन तसर्थ आज छत्रेश्वरी गाउपालिका अध्यक्षको यस कदमले पुन: उही प्रश्न र आशंका झन खरो रुपमा उब्जीएको छ – के देशभरका अरु जनप्रतिनिधीले पनि सम्पती सार्वजनिक गर्ने नैतिक आँट गर्लान त ?
लेखक, नयाँ दृष्टि डिजिटल पत्रिकाको सम्पादक हुनुहुन्छ।
लेखकको सम्वन्धमा