September 20, 2024, Friday
२०८१ आश्विन ४, शुक्रबार
सल्यानमा नेकपामा प्रवेश गर्दै युवाहरुले भने : ‘अब नयाँ व्यवस्था चाहिन्छ’

सल्यानमा नेकपामा प्रवेश गर्दै युवाहरुले भने : ‘अब नयाँ व्यवस्था चाहिन्छ’

कार्तिक २९, सल्यान ।

सल्यानमा नेपाली काँग्रेस परित्याग गरि दर्जन बढि युवाहरु विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।

जिल्लाकाे शारदा नगरपालिका वडा नम्बर ६ वरलाका युवा लाेकेश भण्डारीकाे नेतृत्वमा ती युवाहरु नेकपामा प्रवेश गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी सल्यानकाे आयोजनामा संचालन भइरहेको ‘मंसिर ४ काे निर्वाचन खारेज तथा जनजागरण अभियान’ अन्तर्गत मंगलबार वरलामा आयाेजित जागरण काेणसभाबाट भण्डारी नेतृत्वका युवाहरुले नेकपामा प्रवेश गरेका हुन ।

कार्यक्रममा युवाहरुलाई राताे टीका लगाइदिंदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य कमरेड भीम भारतीले पार्टीमा स्वागत गरेका थिए ।

युवाहरुलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय प्रतिनिधि कमरेड भीम भारतीले युवाहरु परिवर्तनको लागि लामवद्व भएर दलाल पुँजिवादी व्यवस्थाकाे कथित निर्वाचन पुर्ण रुपमा खारेज गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने युवाहरूको तर्फबाट बाेल्दै लाेकेश भण्डारीले याे दलाल संसदीय व्यवस्था र त्यसलाई संचालन गर्ने मानिसहरुले गाउँ समाजमा विकास गर्छाैं भनेर प्रलोभन देखाउने तर आफू र आफना नातागोतालाई मात्रै पाेश्ने काम गरिरहेकाेले देश विकास गर्ने नयाँ व्यवस्था आवश्यक रहेकाे बताए ।

अबकाे नेपाल र नयाँपिढिलाई संचालन र व्यवस्थापन गर्नसक्ने एकमात्र पार्टी नेपाल कम्युनिस्ट पार्टी भएको भनेर पार्टी प्रवेश गर्दै उनलेे भने, ‘अब नयाँ पुस्ता र नेपाललाई चाहिने र व्यवस्थापन गर्ने पार्टी भनेकाे विप्लव पार्टी मात्रै हाे।’

वैज्ञानिक समाजवादी राज्यव्यवस्थाकाे लागि आफुहरु जस्तै गरेर देशका सम्पूर्ण युवाहरु यै पार्टीमा लामवद्व हुनुपर्ने नवप्रवेशी युवाहरुकाे धारणा रहेको छ ।

यस्तै गरि ‘निर्वाचन खारेज तथा जागरण अभियान’काे सिलसिलामा जिल्लाकाे ढाेरचाैर बजारमा पनि साे पार्टीले काेणसभा गरेको छ। पार्टी प्रवेश र ढाेरचाैरकाे काेणसभालाई युवा संगठन नेपालका केन्द्रीय सदस्य प्रकाश गिरिले संचालन गरेका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्यद्वय कमरेड माइला र कमरेड मछिन्द्रकाे साथै अखिल (क्रान्तिकारी) का जिल्ला काेषाध्यक्ष प्रेमसागर पुनकाे उपस्थिति रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज