May 26, 2024, Sunday
२०८१ जेष्ठ १३, आईतवार
एमाले त्रिवेनीले भन्यो – समाजबादीमा प्रवेश गरेका भनिएका ब्यक्तिहरू एमालेका सदस्य होइनन्

एमाले त्रिवेनीले भन्यो – समाजबादीमा प्रवेश गरेका भनिएका ब्यक्तिहरू एमालेका सदस्य होइनन्

कार्तिक २५, सल्यान । नेकपा एमाले त्रिबेणि गाउँपालिका कमिटी सल्यानले आफ्नो पार्टी परित्याग गरेर एक दर्जन बढी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका भन्ने ब्यक्तिहरु पार्टीको संगठित सदस्य नभएको र कुनैपनि तहका पार्टी कमिटीमा सक्रिय नभएको उल्लेख गरेको छ ।

शुक्रबार एक बिज्ञपति निकाल्दै नेकपा एमाले त्रिबेणि गाउँपालिका कमिटीले यस्तो बताएको हो । बिहीबार जिल्लाको त्रिबेणी गाउँपालिका १ काभ्रा घोडामारेका एक दर्जन बढीले नेकपा एमाले परित्याग गरेर नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको भन्ने खबर आएको थियो ।

आम जनमानसलाई दिग्भ्रमित बनाउने गरि समाजबादीमा प्रवेश गरेका भन्ने ब्यक्तिहरु पार्टीको संगठित सदस्य नभएको र कुनैपनि तहका पार्टी कमिटीमा सक्रिय नभएको बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज