June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
सल्यानमा एमालेको ७५ प्रतिशत संगठन हामी सँग छ : नेकपा (एस) सल्यान

सल्यानमा एमालेको ७५ प्रतिशत संगठन हामी सँग छ : नेकपा (एस) सल्यान

भाद्र २३, सल्यान । एमाले बाट विभाजन भई बनेको नवगठित नेकपा एकिकृत समाजवादी पार्टी सल्यानका नेताहरुले सल्यानमा नेकपा एमालेको ७५ प्रतिशत संगठन नवगठित नेकपा एकिकृत समाजवादी पार्टीमा आएको बताएका छन ।

नेकपा एमाले छोडेर जिल्लामा भाद्र २२ गते सम्म नेकपा एकिकृत समाजवादीमा सनाखत गरेका जनप्रतिनिधिहरुको बारेका जानकारी गराउन बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले जिल्लामा नेकपा एमाले बाट निर्वाचित १४२ जनप्रतिनिधिहरु मध्ये ७६ जना बहुमत जनप्रतिनिधिहरु नेकपा एसमा सनाखत गरेको बताए ।

त्यस्तै तत्कालिन एमालेको निर्वाचित ६२ जनाको जिल्ला कमिटीका ३० जना र निर्वाचनमा थोरै मतले पराजित भएका अधिकाँश नेताहरु नेकपा एसमा खुलेकाले जिल्लामा नेकपा एमालेको ७५ प्रतिशत संगठन नेकपा एसमा समाहित भएको र सल्यानमा एमाले भन्दा नेकपा एस बलियो अवस्थामा रहेको उनिहरुको दावि छ ।

पत्रकार सम्मेलनमा नेकपा एसका जिल्ला अध्यक्ष उदय बहादुर बोहरा, सचिव रमेश गौतम, नेताहरु हरी केसी, राम खडकी, दामोदर शर्मा, सिपि वली, ईश्वरी बुढाथोकी, टोप थापा, यौवन प्रकाश श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो । नेताहरुले केही दिनमा जिल्ला कमिटीको वैठक बसेर पार्टी कार्यालय बारे निर्णय गर्ने समेत बताएका छन ।