July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
नेकपा एसले टुङ्ग्यायो मन्त्रीको नाम (सूचीसहित)

नेकपा एसले टुङ्ग्यायो मन्त्रीको नाम (सूचीसहित)

असोज १२, काठमाडौं । अध्यादेश फिर्ता लिएर सरकार विस्तारको तयारी भइरहेका बेला नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन सरकारमा पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको नाम टुंग्याएको छ ।

स्रोतका अनुसार आइतबारको गठबन्धन बैठकमा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट सूची बुझाएका हुन् । नेकपा एसका एक नेताले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठको नाम देउवालाई दिएको बताए ।

नेकपा एसले ६ मन्त्रालय पाउँदैछ । बाँकी एकजना भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एकलाई पठाउने तयारी छ । सरकारमा जाँदा विरोध खतिवडाले नेतृत्व गर्ने भन्ने टुंगिए पनि पाउने मन्त्रालय भागबण्डा अझै टुंगिएको छैन । ती नेताले मन्त्रालयमा गठबन्धनबीच सहमति भएपछि मात्रै कसले कुन मन्त्रालय पाउने भन्ने विषय टुंगिनेछ ।

हिजोको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर आजसम्म सरकार विस्तार गर्ने तयारी गरिरहेको छ ।

माओवादी केन्द्रको हिजो बसेको स्थायी समिति बैठकले पनि अध्यादेश फिर्ता लिँदै चाँडो सरकार विस्तारका लागि पहल लिने निर्णय गरेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज