July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
सल्यानमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सल्यानमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

कार्तिक ८, सल्यान ।
सल्यानमा पोखरीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं ७ का ४० वर्षिय तिलक राम बिकको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार दिउसो १ बजेको समयमा घरबाट ३०० मिटरको दुरीमा रहेको मैदीपोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

घटनाको बारेमा जानकारी पाउन साथ  प्रहरी टोली उक्त स्थानमा खटिएको थियो । स्थानीय र प्रहरीको सहयोगमा करिब ५ बजेको समयमा पोखरीको पानी घटाई डुङ्गाको सहायताले खोजी गरी लाश फेला पारीएको थियो ।

मृतक बिकको मानसिक अवस्था ठिक नभएको बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज