April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
अरिङ्गालको टोकाइबाट सल्यानमा आमा-छोरीको मृत्यु, एक जना घाइते

अरिङ्गालको टोकाइबाट सल्यानमा आमा-छोरीको मृत्यु, एक जना घाइते

कार्तिक १,सल्यान । सल्यानमा अरिङ्गालको टोकाइ बाट २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।

मृत्यु हुनेमा जिल्लाको सिद्धकुमाख गाउँपालिका १ हमपालका सन्तोष बुढाथोकीको श्रीमती २१ बर्षकी शोभा बस्नेत र ४ बर्षकि छोरी प्राप्ति बुढाथोकी रहेका छन भने घाइते २१ बर्षिय नबिन बस्नेत शोभाका अंकल नाता पर्ने हुन ।

सोमबार आफ्नो खेतमा धान काटेर फर्किदै गरेको अवस्थामा बाटोमा अरिङ्गालले उनिहरूलाई शरीरको विभिन्न ठाउँहरूमा टोकेको थियो ।

अरिङ्गालको टोकाइ पछि सल्यान श्रीनगरको परोपकार अस्पतालमा उपचार पछि थप उपचारको लागि कोहलपुर तर्फ रिफर गरिएकोमा ४ बर्षिय छोरी प्राप्ति बस्नेतको सल्यान शंखमुलमा मृत्यु भएको र २१ बर्षिय आमा शोभा बस्नेतलाई कोहलपुर मेडिकल कलेजमा पुर्‍याउदा डाक्टरहरूले उनलाई मृत घोषणा गरेको थियो ।

हाल दुवैजनाको शव जिल्ला अस्पताल सल्यानमा ल्याउन लागिएको र घाइते नवीन बस्नेतको परोपकार अस्पताल श्रीनगरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज