September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
खोलाले बगाएर बेपत्ता भएका सल्यान कालिमाटीका पुरुषको शव बर्दियामा फेला

खोलाले बगाएर बेपत्ता भएका सल्यान कालिमाटीका पुरुषको शव बर्दियामा फेला

असोज २५, सल्यान ।

दशैको टीका लगाएर फर्किने क्रममा खोलाले बगाएर बेपत्ता भएका सल्यानका एक पुरुषको शव बर्दिया फेला परेको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका ६ का ६५ बर्षिय नर बहादुर दर्मालीलाई १९ गते दशैंको टिकाको दिन आमाको घरबाट टिका लगाएर आफ्नो घर फर्किने क्रममा स्थानीय जुमखोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको थियो ।

उनको शव सोमबार साँझ बर्दिया बासगढी नगरपालिका १ स्थित बबई नदीको किनारमा फेला परेको कालिमाटी गाउँपालिका वडा न. ६ का वडाध्यक्ष टेक बहादुर पुलामीले जानकारी दिएका छ्न ।

उनको शव पोस्ट मार्टमका लागि सुर्खेत मेहलकुना लगिएको छ ।
जुमखाेला बबई नदिमा मिसिएर सल्यान हुँदै बर्दिया पुग्ने गर्दछ ।