सल्यानमा खहरे खोलाले बगाउँदा आमा घाइते, छोराको मृत्यु
सल्यान २४, साउन । सल्यानको छत्रेश्वरी गाउपालिका वडा नम्बर ४ झिम्पे,खहरे खोलाले आमा – छोरालाई बगाएको छ ।
शनिवार दिउसोँ करिब ३ बजे तीर जंगलबाट गाइबस्तु चराएर घर फर्किदैँ गर्दा स्थानिय चोरपाटा खोलाले गोगनपानी भन्ने स्थानबाट आमा र छोरा दुबै जनालाई बगाएको हो।
छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ झिम्पे, जुरढुंगा घर भएका उनिहरूलाई खोलाले बगाउँदा करिब ३२ बर्षिय आमा दिलसरा वली घाइते भएकी छन भने उनको अन्दाजी १२ बर्षिय छोरा ओमकार वलीको मृत्यु भएको बताइएको छ ।
खोलाले करिब ३० मिटर तलसम्म बगाउँदा पनि आमा बच्न सफल भएको तर छोराको भने करिब ४ सय मिटर तल शव भेटिएको बताइएको छ ।
खोलाले बगाएर घाइते भएकी आमाको जयचौरमा उपचार गरिएको छ । छोराको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रतिकृया दिनुहोस्