September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
रोल्पामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

रोल्पामा खोलाले बगाउँदा एक पुरुषको मृत्यु

भुपेन घर्ती मगर, रोल्पा ।

रोल्पामा खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ ।

जिल्लाको गंगादेव गाउँपालिका ५ बथानका अन्दाजी ६५ बर्षिय फौदबहादुर बुढामगरको खोलाले बगाउदा ज्यान गएको हो ।

मंगलबार दिउसो करिब ३ बजेको समयमा गंगादेव गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानियले उनको शव फेला पारेका थिए ।

स्थानियले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानियको टोलीले शवलाई पानिबाट निकालेर पहिचान गरेको थिए ।

मृतक फौदबहादुरको घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने प्रहरीले प्रारभिक अनुमान गरेको छ ।

घटनाको थप अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज