January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
सल्यानका २ काङ्ग्रेस नेताले गरे पार्टी परित्यागको घोषणा : स्वतन्त्रबाट उम्मेदवारी दर्ता

सल्यानका २ काङ्ग्रेस नेताले गरे पार्टी परित्यागको घोषणा : स्वतन्त्रबाट उम्मेदवारी दर्ता

असोज २३, सल्यान ।

गठबन्धन बिरुद्ध सल्यानमा कांग्रेसका २ नेताहरुले स्वतन्त्र उम्मेदवारी  दर्ता गराएका छ्न ।

नेपाली काङ्ग्रेस सल्यानका नेता एवम् पुर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह र कर्णाली प्रदेश कार्यसमितिका सहमहामन्त्री एकराज डाँगिले आफ्नो स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका छन ।

शाहले प्रतिनिधि सभा तर्फ र डागीले प्रदेश सभा (क) को सदस्यकालागि उम्मेदवारी दर्ता गराएका हुन ।

उनिहरु २०७४ को निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।

गठबन्धनले प्रतिनिधि सभामा नेकपा एकीकृत समाजबादिका नेता प्रकाश ज्वाला, प्रदेश निर्वाचन (क) मा माओवादीका भिमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारीलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरि उनिहरुले पार्टी परित्यागको घोषणापनि गरेका छ्न ।

शाहले समाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै पार्टीको साधारण सदस्य समेत नरहनेगरि पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

उनी स्टाटसमा यस्तो लेख्छ्न, “परिस्थितिबस मलाई धेरै अवसर, मानसम्मान र हैसियत प्रदान गर्ने नेपाली काङ्ग्रेस पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्द्छु ।”