निर्वाचनमा हारेका छौं तर नितिमा हारेका छैनौं :- एकराज डाँगी
प्रकाश शर्मा
नयाँ दृष्टि डटकम
दार्मा – नेपाली कांग्रेसका नेता एवं कर्णाली प्रदेश सभा निर्वाचनमा सल्यान क्षेत्र नं १ ‘क’ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार समेत रहेका नेता एकराज डाँगीले निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारले हारेपनि नीतिमा नेपाली काङ्ग्रेसको जित भएको बताएका छन।
संसदीय ब्यबस्था नेपाली काङ्ग्रेस स्थापित गरेको व्यवस्था भएको र नेपालका सबै पार्टीहरू यहि ब्यबस्थामा प्रबेश गरेको भन्दै उनले नीतिमा नेपाली कांग्रेसको जित भएको बताएका हुन्।

नेपाली काङ्ग्रेसकाे भात्री संगठन नेपाल तरुण दल दार्माकाे पहिलाे गाउँ अधिबेशन कार्यक्रमलाई संबाेदन गर्न दार्मा पुगेका उनले , सशस्त्र युद्धबाट सत्ता कब्जा गर्ने नीति लियकाे तत्कालीन नेकपा माओबादि समेत संसदीय ब्यबस्थामा आएपछि नीतिमा नेपाली काङ्ग्रेस काे जित भएकाे दावी गरेका हुन् ।
फागुन २५ गते सम्पन्न भएको तरुण दल दार्मा गाउपालिका स्तरिय अधिवेशनले कर्णबहादुर चन्दकाे अध्यक्षतामा बाट १५ सदस्यीय दार्मा गाउपालिका स्तरीय तरुण दल कमिटि गठन गरेकाे छ । जस्काे उपाध्यक्ष – नरेस बुढाथाेकि , सचिब – महेश वि क , सहसचिब – लक्ष्मन वि क , काेषाध्क्ष – देबेन्द्र चन्द र सदस्यहरुमा – प्रेम बुढाथाेकि, दिपक चन्द , टेक बहादुर के सि , ललित वलि , अजय मल्ल , गणेश बुढाथाेकि , पदम पान्डे , केशब चन्द , सबिन चन्द , बिरेन्द्र चन्द रहेका छन। अधिवेशनले रमेश चन्द , महेस्वर शाहि र विशाल सिह रहेको ३ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेका छ।
शिव ओलीकाे उद्घोषणमा संचालन भएको कार्यक्रमकाे अध्यक्षता नेपाल तरुण दल जिल्ला अध्यक्ष सन्ताेस केसि ले गर्नु भयकाे थियाे।
कार्यक्रममा नेका सल्यान क्षेत्र नं १ का सभापति गाेरख केसि , नेका जिल्ला सदस्य रामचन्द्र केसि , नेविसंघ कर्नाली प्रदेश उपाध्यक्ष रमेस केसि लगायकाे उपस्थिति भयकाे थियाे ।
#एकराज डागी #तरुण दल











प्रतिकृया दिनुहोस्