May 23, 2025, Friday
२०८२ जेष्ठ १०, शुक्रबार
बनगाड कुपिण्डे नगरपालिका वडा नं ११ मा तरुण दल गठन, अध्यक्षमा शाही

बनगाड कुपिण्डे नगरपालिका वडा नं ११ मा तरुण दल गठन, अध्यक्षमा शाही

फागुन ०८, सल्यान । नेपाली कांग्रेस बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा तरुण दलको अधिवेशन सम्पन्न भएको छ । नेपाली कांग्रेस ११ नं वडाको आयोजनामा भएको कार्यक्रम तरुण अधिवेशन सम्पन्न भएको हो। अधिबेशनले दिपेन्द्र शाही अध्यक्ष, उपाध्यक्ष तेजबहादुर राना सचिव नेत्रलाल वुढा, सहसचिवमा कमला वुढाथोकी सहित २१ सदस्य वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रम बोल्ने नेपाली कांग्रेसका जिल्ला नेताहरुले स्थानीय सरकार,प्रदेश सरकार र केन्द्र सरकारको रवैया प्रती आक्रोश व्यक्त गरेका थिए । व्यवस्था नै सकाप हुने होकि भन्ने कुरामा नेताहरुले चिन्ता व्यक्त गरेका थिए । देशलाई कम्युनिस्ट सरकारले बर्बादीतिर लगेको उनीहरुले बताए । नेकपा यतिबेला सत्तापक्ष र प्रतिपक्ष भएर अहिले नाटक मञ्चन गरिरहेका छन् । झण्डै दुई तिहाइ नजिक भएको सरकार पुरै असफल भएको कार्यक्रमका प्रमुख अतिथि नीति अनुसन्धान विभाग केन्द्रीय सदस्य धुर्वराज पुरीको भनाई रहेको थियोे ।

जिल्ला कमिटी सदस्य दिपेन्द्र विष्टले आफ्नो नगरमा आफ्ना कार्यकर्तामाथी सत्तारूढ पार्टीले संकेतिक हमाल गरिरहे र भ्रम सृजना गरी जागिरका नाममा ललिपप दिइरहेको बताएको छ । त्यसैगरी कार्यक्रम जिल्ला कार्यसमिति सदस्य सुरेश अधिकारी, दिपक शर्मा, पुरुषोतम आचार्य, शिक्षक संघ जिल्ला सचिव युवराज रेग्मी, शिक्षक महासंघ नगर सचिव सुरेश सिं राठौर, शिक्षक संघका नगर संयोजक सुरेन्द्र खड्का, पार्टी नगर सचिव भुपाल साहु, तरुण दल नगर अध्यक्ष शंकर वुढाथोकी र सचिव कमल पुन लगायतका बक्ताले धारणा राखेको बताएको छ ।

नेकपाबाट अनल वुढाथोकी, रुपलाल वुढाथोकी र मनकली बुढाथोकीले नेपाली कांग्रेस प्रवेश गरेका थिए । वडा नंं. ११ का पार्टी सभापति महादेव शाहको सभाअध्यक्षतामा भएको तरुण दलको अधिवेशन कार्यक्रमको सञ्चालन खिमराज विकले गरेको जनाएको छ । संविधान लुटिएको छ । यसको बिरोधमा अब नेपाली कांग्रेस जाग्नु पर्ने कुरामा जोड दिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज