निरन्तर बर्षाको कारण सल्यानमा शारदा नदिको बहाव बढ्यो : एक घर बगायो
असोज २१, सल्यान ।
निरन्तरको बर्षाको कारण सल्यानको शारदा नदिको बहाव बड्दा एक घर बगाएको छ ।
जिल्लाको त्रिवेणि गा.पा.२ शंखपिपलमा शारदा नदिको बहाव बढ्न गइ नदिको उत्तरतिर साइडमा अं. ४०।४५ मिटर टाढा रहेको प्रेम बहादुर घर्ति मगरको टिनले छाएको ढुङगा माटोले बनेको २ कोठे १ तले कच्ची घर बगाएको छ ।
शुक्रबार बिहान २:३० बजेको समयमा नदिले घर बगाई लगेको थियो । सामान प्रहरी र स्थानियको सहयोगमा पहिले नै स्थानीय कारागिठी बन कार्यालयको भवनमा राखेको हुनाले मानविय चौपाया क्षति नभएको बताएको छ ।
त्यस्तै बर्षाकै कारण जिल्लाको छत्रेश्वरी गा.पा.१ का बालाराम योगीको ५ रोपनीमा लगाएको अ.२०० वटा सुन्तलाको बोट र अदुवाबाली पहिरो आई क्षती भएको छ । सोही ठाउँका लाल बहादुर चन्दको ३ रोपनीमा लगाएको सुन्तलाको १०० बोट लगाएको अदुवाबाली र प्रदिप योगीको १ कठ्ठामा लगाएको अं २०।३० वटा सुन्तलाको बोट क्षती भएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।
प्रतिकृया दिनुहोस्