September 24, 2026, Thursday
२०८३ आश्विन ८, बिहीबार
आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

असार २२, काठमाडौ। इस्लाम धर्मावलम्बीहरुको बकर इद (इद उल अजहा) को अवसरमा आइतबार अर्थात असार २६ गते नेपाल सरकार गृहमन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेपाल राजपत्रमा प्रकाशित सुचनाका अधारमा असार २६ गते बकर इद पर्व पर्ने गर्दछ। मुस्लिम आयोगबाट अनुरोध भइ आएको हुनाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मुस्लिम समूदायले आफ्नो परम्परागत पोशाक लगाएर शुभेच्छा, मिठा परिकार तथा प्रार्थनाहरुको एकापसमा साटासाट गर्दै यो पर्व मनाउने गर्दछन।