September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
विवादका बिच बागचौर नगरपालिकाको नीति तथा कार्यक्रम पारित, मनोमानी चलेको उपाध्यक्ष आरोप

विवादका बिच बागचौर नगरपालिकाको नीति तथा कार्यक्रम पारित, मनोमानी चलेको उपाध्यक्ष आरोप

असार १०, सल्यान।
सल्यानको बागचौर नगरपालिकाको नीति तथा कार्यक्रम विवादका बिच पारित भएको छ।

नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राख्ने वा नराख्ने भन्ने विषयमा विवाद उठेको थियो।

नेकपा माओवादीका जनप्रतिनिधिहरुले विगतदेखि नै नगरसभामा जनयुद्ध शब्द राख्ने गरेको तर अहिले जनयुद्ध भन्ने शब्द हटाएकोमा आफुहरुको आपत्ति रहेको जनाउदै कार्यक्रम बहिष्कार गरि समाजबादी र नेकपा माओवादीका जनप्रतिनिधिहरु बाहिरिएका थिए।

उनिहरुले नीति तथा कार्यक्रममा जनयुद्ध शब्द समाबेश नगरुन्जेल कुनैपनि  हालतमा पास नहुने बताएका थिए।

उपप्रमुख सुम्मिना डिसी लगायत माओवादीबाट र समाजवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको टिम सभाबाट बाहिरिएको थियो।

डिसीले नीति तथा कार्यक्रममा आफ्नो सल्लाहविना नै प्रमुखले केही बिषयहरु मनोमानी ढंगले राखेको आरोप पनि लगाइन।

सभाका सभाध्यक्ष तथा नगर प्रमुख जनकराज गौतम र कांग्रेसका जनप्रतिनिहरुले भने संविधानमा जनयुद्ध शब्द नरहेकोले नराखिएको बताएका छन्। जनयुद्ध लगायतका आन्दोलनहरुलाई जनआन्दोलन शब्दले समेट्ने र जनआन्दोलन शब्द राखिएको मेयर गौतमले बताए।

काङ्ग्रेस र नेकपा एमालेका जनप्रतिनिधिले भने  नीति तथा कार्यक्रम पास गरेको घोषणा गरेका थिए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज