सल्यानको कपुरकोट गाउँपालिकाको ११ औं गाउँसभा सम्पन्न: नीति तथा कार्यक्रम पारित
असार ०९, सल्यान।
सल्यानको कपुरकोट गाउँपालिकाको ११ औं गाउँसभा तथा बजेट अधिवेशन सम्पन्न भएको छ। बिहिबार गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनको अध्यक्ष्यतामा कपुरकोटमा गाउँसभा सम्पन्न भएको हो।
एघारौँ गाउँसभाको पहिलो बैठकमा गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले पूर्वाधार विकाससँगै तरकारी खेती, पशुपंक्षीपालन तथा बागबानीको समग्र विकासका लागि जोड दिएको छ।
त्यसैगरी पालिकाले स्वास्थ्य, शिक्षा , उद्योग, सहकारी, पर्यटन, खानेपानी, सिंचाई, सरसफाई तथा बजार अनुगमनलाई पनि बजेटको प्राथमिकतामा राखेको छ।
पालिकाले एकिकृत कृषि विकास कार्यक्रम लागू गरि हरेक किसानलाई समूह तथा सहकारीमा आवद्ध गरि कृषीक्षेत्रको उत्पादनको आधारमा अनुदान दिने नीति कपुरकोट गाउँपालिकाको प्राथमिकतामा छ।
यस्तै युवा तथा खेलकुद, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन तथा वातावरण व्यवस्थापन, उर्जा, संचार, सूचना प्रविधिको क्षेत्रमा विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
व्यवसायीक कृषि विषयलाई समेटेर स्थानीय पाठ्यक्रम निर्माण गरिने , सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, कला, संस्कृति संरक्षण गर्न र न्याय दिने, शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्ति संरक्षणका पनि जोड दिने, दक्ष तथा सक्षम जनशक्तिको विकास गरी आन्तरिक रोजगारी प्रवर्द्धन गर्न विभिन्न योजना सञ्चालन गरिने जस्ता योजनाहरु नीति तथा कार्यक्रममा अटेका छ्न।
गाउँसभाको दोश्रो बैठकपछि आगामी आर्थिक वर्षको लागि बजेट पेश गर्ने तयारी रहेको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस्