August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
सल्यानका एक युवा काभ्रेको खोला किनारमा मृत फेला

सल्यानका एक युवा काभ्रेको खोला किनारमा मृत फेला

जेठ १७, सल्यान।
सल्यानका एक युवा काभ्रे जिल्लाको खोला किनारमा मृत अवस्थामा फेला परेका छ्न।

सल्यान जिल्लाको शारदा नगरपालिका १३ का ३५ वर्षीय तोभान राना काभ्रेको पनौती नगरपालिका ७ स्थित मानेश्वरी खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरी चौकी पनौती काभ्रेले बताएको छ।

उनी काभ्रेको पनौती नगरपालिकामा रिक्सा चलाउदै आएका थिए।

मंगलबार  बिहान स्थानीयले खोला किनारमा मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनकारी दिएको छ।