September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यान दार्माको जङ्गलमा एक जना वृद्धको शव फेला

सल्यान दार्माको जङ्गलमा एक जना वृद्धको शव फेला

१५ बैशाख, सल्यान।
सल्यानको दार्मा गाउँपालिका ५ बागखोरमा रहेको घट्टेखोला सामुदायिक वनको भीरमा शव एक वृद्धको शव फेला परेको छ ।

बिहीबार जिल्लाको दार्मा गाउँपालिका ५ तीनपोखरीका ७४ वर्षीय गगन खड्काको शव स्थानीय सामुदायिक बनमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृतक वृद्ध गत वैशाख ३ गते साँझ घरबाट हराएका थिए।

उनको शव सडकबाट करिब ७ सय मिटर तल  सडेगलेको अवस्थामा रहेको र बाटोमा हिड्ने क्रममा गहनाए पछि खोजी गर्ने क्रममा स्थानीयले शव फेला पारेका थिए ।

वृद्धको शव पहिचान गर्न नसकीबे हिसाबले सडेको र उनको परिवारले कपडा र चप्पलको सहयोगले शव पहिचान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

घटनाको बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सल्यानले बताएको छ।

  • तस्वीर :-फाइल फोटो
  • भर्खरै प्रकाशित

    ट्रेन्डिङ न्युज