माओवादी केन्द्रले सल्यानका ७ पालिकामा छान्यो सर्वसम्मत उम्मेद्वार
९ वैशाख, सल्यान ।
नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिका मध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरैको दाबी भएकाले उम्मेदवार टुंगो लागेको छैन ।
शारदा नगरपालिकामा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिकामा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिकामा प्रकाश भण्डारीलाई प्रमुखको उम्मेद्वार बनाउन सिफारिस गरिएको हो ।
यस्तै त्रिवेणी गाउँपालिकामा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिकामा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाकामा निमबहादुर केसीको नाम सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्र सल्यानका संयोजक कृतिबहादुर पुनले बताए ।
पुनका अनुसार बागचौर नगरपालिकाबाट ६ जना, कुमाख गाउँपालिकाबाट ५ जनाको नाम सिफारिस भएको छ । छत्रेश्वरीबाट अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन, यहाँ सहमतिका लागि प्रयास भैरहेको गाउँ कमिटी अध्यक्ष प्रेम खड्काले बताए ।
लेखकको सम्वन्धमा