May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
सल्यानका सम्पुर्ण स्थानीय तहमा निर्वाचन कार्यालयको स्थापना।

सल्यानका सम्पुर्ण स्थानीय तहमा निर्वाचन कार्यालयको स्थापना।

८ बैशाख , सल्यान/
सल्यानका १० वटा स्थानीय तहमा निर्वाचन कार्यालयको स्थापना गरिएको छ।

आउदो बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सल्यानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

बिहीबार जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डे,प्रमुख जिल्ला अधिकारी बिपिन आचार्य लगाएतको उस्थितिमा मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समितिको कार्यालयमा उद्घाटन गरिएको हो ।

जिल्लामा हुने निर्वाचन गतिविधिलाई सहि ढंगले सञ्चालन गर्न कार्यालयको स्थापना गरिएको हो। मुख्री निर्वाचन अधिकृत कार्यालयको अवधि २२ दिनको हुनेछ।

कार्यालयमा सो जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत रहने व्यवस्था छ ।

आज(बिहीबार) एकैसाथ जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश कुल प्रसाद पाण्डेले जानकारी दिए ।

जिल्ला निर्वाचन कार्यालय सल्यानले स्थानीय तहको निर्वाचनका लागि आवश्यक पूर्वतयारी धमाधम गरिरहेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट हुने निर्वाचन गतिविधि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत पाण्डेले बताए ।

स्थानीय तहको निर्वाचनका लागि जिल्लामा आवश्यक सुरक्षा व्यवस्था तयारी अवस्थामा राखिएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

मतदान स्थललाई दृष्टिगरी सुरक्षा व्यवस्थालाई भरपर्दो र मजबुत बनाइएको छ । अत्यन्त सुरक्षित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयार रहेको आचार्यले जानकारी दीए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज